नेपाल राष्ट्रिय साप्ताहिक, श्रवन २४,२०७२, ओग ९, २०१५
नहुने कुरा
हुँदै नहुने कुरा तिमी नगर
...
नहुने कुरा
हुँदै नहुने कुरा तिमी नगर
...
जाँदै नजाने गाउँको बाटो तिमी नसोध ।
दक्षिण बग्ने नदीको भेललाई उत्तर ल्याउने कोसिस नगर
रातलाई दिनमा परिणत गर्ने अठोट तिमी नगर ।
पहाडको चट्टानलाई हिउँमा परिणत गर्ने काम तिमी नगर
बगेर गएको समयलाई फर्काएर बोलाउने काम तिमी नगर ।
ठाउँ नै नभएको तिम्रो जिन्दगीमा मलाई कोचार्ने काम तिमी नगर
जबरजस्ती मलाई मायाको इन्द्रेणीमा फसाउने काम तिमी नगर ।
खरानी भएर उडिसकेको मेरो मायालाई सलाई कोर्ने काम तिमी नगर
मायाप्रीतिको गीत सुनाएर मेरो मन पगाल्ने प्रयास तिमी नगर ।
मायालु नजरले भुतुक्कै पारेर सताउने काम तिमी नगर
मेरो प्रियसी, मेरो जिन्दगी, मेरो माया भनेर पुकार्ने काम तिमी नगर ।
- मोहेन्दु अमिरण चेम्जोङ