आश्विन १३, २०७५
जीवनको रूपान्तरण विधा : आत्मकथापृष्ठ : १९६मूल्य : २९९ रूपैयाँप्रकाशक : बीएन पुस्तक संसारबढीभन्दा बढी ठाउँको भ्रमण । फरक–फरक जीवनस्तर बाँचिरहेकाहरूसँग मानवीय संवेदना स्पर्श गर्न सक्ने ल्याकत । सबैसँग भिज्न सक्दा जीवन इन्द्रधनुषी भइजान्छ । वादमा अल्झिएका, किताबमा कचल्टिएका, भ्रमको पर्दामा छेलिएकाको के कुरा !
‘मेरो ममलाई चिया बनाउन आउँदैन । तिमीहरू कस–कसको ममलाई आउँछ ?’ प्राय: यही शैलीका वार्तालाप हुने काठमाडौँको सेन्टमेरिज स्कुलमा पढेकी मोहेन्दु अमिरण चेमजोङ सम्भ्रान्त परिवारकी छोरी हुन् । हजुरआमादेखि बुबाको फलामे अनुशासन । उच्च वर्गसँगको उठबस । सुख–सयलवाला जीवनशैली । ‘जनताले मासु–भात पनि खान सक्दैनन र ! शैलीको बुझाइ । निस्फिक्री तर एकनासको जीवनशैली । यस्तै–यस्तै खालको लालनपालनबाट हुर्कंदै जवानीको दैलोमा टेकेकी मोहेन्दुको जीवन परिवर्तन गरायो, एउटा शब्द ‘पाखे’ ले । काठमाडौँ युनिभर्सिटी पढ्दा अभिजात्य वर्गको जस्तो लुगा नलगाएकै कारण ‘पाखे’ भनेर हेपिएका आफ्नै सहपाठीले राम्रो नम्बर ल्याएर क्लास टप गरेपछि बल्ल उनको चेत खुल्यो । अनि, मोडियो मोहेन्दुको जीवनधार ।
विशेषगरी नवधनाढय वर्ग, देखासिकीमुखी सहरीया सोच र भ्रमले मान्छेलाई खुम्च्याइदिन्छ । तर, धन्न ! मोहेन्दुको हकमा यसो हुन पाएन । जब उनी अस्ट्रेलिया पुगिन् उच्च अध्ययनका लागि, त्यहाँ उनले संघर्षको असली अनुहारलाई नजिकबाट छाम्न पाइन् । जीवनको दोस्रो अध्याय त्यहीँबाट प्रारम्भ भयो । जीवन एक पाठशाला भनेजस्तै । यो त्यतिबेलाको समय थियो, जतिबेला नेपालमा माओवादी द्वन्द्व उत्कर्षमा थियो । सिंहदरबारको लगाम आफ्नो हातमा लिने चक्करमा राजनीतिक जामा पहिरेका केही व्यक्ति आम नागरिकको जीवन हवन गर्दै थिए । हुँदा खानेहरू बेपत्ता सूचीमा चढेको चढयै थिए । मारिएको मारिएै थिए । अस्ट्ेरलियाबाट नेपाल फर्किएकी मोहेन्दुको नजर एक दिन पत्रिकाको क्याप्सनमा अड्कियो, ‘बेपत्ता पारिएकाको परिवारको फोटो’ । यही क्याप्सनसहितको तस्बिरले उनको जीवनको दर्शनलाई अर्को घुम्तीतिर मोडिदियो । त्यो फोटो र क्याप्सन बुलेटिन बोर्डमा टाँस्छिन् । रातो मार्करले बोर्डमा लेख्छिन्, ‘मोहेन्दु, तिमी के गरिरहेकी छयौ ?’
यसपछि जीवनका विविध आयामलाई अनुभूत गर्न निस्किन्छिन्, उनी । सामाजिक संस्थासँग आबद्घ भएर ६१ जिल्लाको माटोसँग उठबस गर्दा मोहेन्दुले देखेको नेपाल र नेपालीको तस्बिर हो, जीवनको रूपान्तरण ।
भन्छन् नि— समय र छालले कसैलाई पर्खिंदैन । तर, समय र छालले हाम्रो परीक्षा पनि लिइरहन्छ, बारम्बार । यस्तै परीक्षाहरू झेलेकी छन् मोहेन्दुले । यसले उनलाई सामाजिक सचेतताको पाठ पनि पढाएको छ । यसैको परिणाम होला— मोहेन्दु आफ्नो पुस्तकमा यदाकदा निराशावादी सोचविरुद्घ लड्ने छापामारझैँ लाग्छिन् । मानवतावादी छापामार । कताकता अध्यात्मको रङ पोतिएकी परीझैँ देखिन्छिन् ।
कसैले भनेको, घोकाएको र देखाएको नेपाल होइन, आफैँले देखेको, भोगेको नेपाल नै उनका लागि विश्वविद्यालय बनिदियो, जसको पाठयक्रम, पाठयपुस्तक, प्राध्यापक र विद्यार्थी आफैँ नै । नतिजामा प्राप्त भो, मानवतावादी अंक । पारिवारिक मूल्य, मान्यता र आदर्शको अर्थ बुझिसकेपछि राष्ट्रियताको बास्ना सुँघ्न सक्ने घ्राण शक्ति पाइन् । सकारात्मक सोचको श्रीवृद्घि गर्न सिकिन् । सामाजिक–सांस्कृतिक सचेतनाका संवेग स्पर्श गर्न सक्ने क्षमता पनि पोल्टामा पारिन् । र, जीवनको असली शक्तिको स्वाद पिइन् पनि ।
कसैको व्यक्तिगत जीवनका नितान्त सामान्य लाग्ने घटना–परिघटनासमेत अरूका लागि पाठ सिक्ने आधार हुन सक्छ ? बस्, मोहेन्दुको यो पुस्तक जीवनको रूपान्तरणको जन्म त्यसैको एउटा नतिजा हो ।
–सन्तोष आचार्य
काठमाडौँ — फराकिलो मन कहाँ हुन्छ ? रबरजस्तै लचिलो हृदय कता हुन्छ ? जीवन बुझ्ने पाठशालाको ठेगाना कुन हुलाकीको झोलामा छ ? कुपमण्डुक जिन्दगीलाई मस्र्याङ्दीमा ढाल्ने विधिविज्ञान कोसँग छ ? बस्, यिनै प्रश्नको जवाफ खोज्ने इमानदार आँट गर्ने हो भन्न सकिन्छ, ‘लाइफ इज ब्युटिफुल’ ।
‘मेरो ममलाई चिया बनाउन आउँदैन । तिमीहरू कस–कसको ममलाई आउँछ ?’ प्राय: यही शैलीका वार्तालाप हुने काठमाडौँको सेन्टमेरिज स्कुलमा पढेकी मोहेन्दु अमिरण चेमजोङ सम्भ्रान्त परिवारकी छोरी हुन् । हजुरआमादेखि बुबाको फलामे अनुशासन । उच्च वर्गसँगको उठबस । सुख–सयलवाला जीवनशैली । ‘जनताले मासु–भात पनि खान सक्दैनन र ! शैलीको बुझाइ । निस्फिक्री तर एकनासको जीवनशैली । यस्तै–यस्तै खालको लालनपालनबाट हुर्कंदै जवानीको दैलोमा टेकेकी मोहेन्दुको जीवन परिवर्तन गरायो, एउटा शब्द ‘पाखे’ ले । काठमाडौँ युनिभर्सिटी पढ्दा अभिजात्य वर्गको जस्तो लुगा नलगाएकै कारण ‘पाखे’ भनेर हेपिएका आफ्नै सहपाठीले राम्रो नम्बर ल्याएर क्लास टप गरेपछि बल्ल उनको चेत खुल्यो । अनि, मोडियो मोहेन्दुको जीवनधार ।
आफ्नो जीवन कसरी रुपान्तरित हुन पुग्यो ? मोहेन्दुले आफ्नो आत्मकथा जीवनको रूपान्तरणमा यिनै कुरालाई प्रस्तुत गरेकी छन् । आफ्ना स्मृतिमाथि पटक–पटक ठुङ हान्नु र त्यसलाई अक्षरमा अनुवाद गर्नु उति सहज प्रक्रिया होइन । तर, यो आँट गरेकी छन्, मोहेन्दुले ।
विशेषगरी नवधनाढय वर्ग, देखासिकीमुखी सहरीया सोच र भ्रमले मान्छेलाई खुम्च्याइदिन्छ । तर, धन्न ! मोहेन्दुको हकमा यसो हुन पाएन । जब उनी अस्ट्रेलिया पुगिन् उच्च अध्ययनका लागि, त्यहाँ उनले संघर्षको असली अनुहारलाई नजिकबाट छाम्न पाइन् । जीवनको दोस्रो अध्याय त्यहीँबाट प्रारम्भ भयो । जीवन एक पाठशाला भनेजस्तै । यो त्यतिबेलाको समय थियो, जतिबेला नेपालमा माओवादी द्वन्द्व उत्कर्षमा थियो । सिंहदरबारको लगाम आफ्नो हातमा लिने चक्करमा राजनीतिक जामा पहिरेका केही व्यक्ति आम नागरिकको जीवन हवन गर्दै थिए । हुँदा खानेहरू बेपत्ता सूचीमा चढेको चढयै थिए । मारिएको मारिएै थिए । अस्ट्ेरलियाबाट नेपाल फर्किएकी मोहेन्दुको नजर एक दिन पत्रिकाको क्याप्सनमा अड्कियो, ‘बेपत्ता पारिएकाको परिवारको फोटो’ । यही क्याप्सनसहितको तस्बिरले उनको जीवनको दर्शनलाई अर्को घुम्तीतिर मोडिदियो । त्यो फोटो र क्याप्सन बुलेटिन बोर्डमा टाँस्छिन् । रातो मार्करले बोर्डमा लेख्छिन्, ‘मोहेन्दु, तिमी के गरिरहेकी छयौ ?’
यसपछि जीवनका विविध आयामलाई अनुभूत गर्न निस्किन्छिन्, उनी । सामाजिक संस्थासँग आबद्घ भएर ६१ जिल्लाको माटोसँग उठबस गर्दा मोहेन्दुले देखेको नेपाल र नेपालीको तस्बिर हो, जीवनको रूपान्तरण ।
भन्छन् नि— समय र छालले कसैलाई पर्खिंदैन । तर, समय र छालले हाम्रो परीक्षा पनि लिइरहन्छ, बारम्बार । यस्तै परीक्षाहरू झेलेकी छन् मोहेन्दुले । यसले उनलाई सामाजिक सचेतताको पाठ पनि पढाएको छ । यसैको परिणाम होला— मोहेन्दु आफ्नो पुस्तकमा यदाकदा निराशावादी सोचविरुद्घ लड्ने छापामारझैँ लाग्छिन् । मानवतावादी छापामार । कताकता अध्यात्मको रङ पोतिएकी परीझैँ देखिन्छिन् ।
कसैले भनेको, घोकाएको र देखाएको नेपाल होइन, आफैँले देखेको, भोगेको नेपाल नै उनका लागि विश्वविद्यालय बनिदियो, जसको पाठयक्रम, पाठयपुस्तक, प्राध्यापक र विद्यार्थी आफैँ नै । नतिजामा प्राप्त भो, मानवतावादी अंक । पारिवारिक मूल्य, मान्यता र आदर्शको अर्थ बुझिसकेपछि राष्ट्रियताको बास्ना सुँघ्न सक्ने घ्राण शक्ति पाइन् । सकारात्मक सोचको श्रीवृद्घि गर्न सिकिन् । सामाजिक–सांस्कृतिक सचेतनाका संवेग स्पर्श गर्न सक्ने क्षमता पनि पोल्टामा पारिन् । र, जीवनको असली शक्तिको स्वाद पिइन् पनि ।
कसैको व्यक्तिगत जीवनका नितान्त सामान्य लाग्ने घटना–परिघटनासमेत अरूका लागि पाठ सिक्ने आधार हुन सक्छ ? बस्, मोहेन्दुको यो पुस्तक जीवनको रूपान्तरणको जन्म त्यसैको एउटा नतिजा हो ।
–सन्तोष आचार्य
प्रकाशित : आश्विन १३, २०७५ ०९:२२