Monday, October 10, 2022

Kirati Folk Stories by Iman Singh Chemjong and Translated by Moheindu Chemjong Karki

 NEWS

Recent Release: Kirati Folk Stories

Recent Releases
cover of book, Kirati Folk Stories, by Iman Singh Chemjong and Translated by Moheindu Chemjong Karki

Tulsa-based Moheindu Chemjong Karki has translated her grandfather’s book of folk tales published in Nepal more than 50 years ago, in Kirati Folk Stories, by Iman Singh Chemjong (Outskirts Press).

Iman Singh Chemjong was a famous scholar, historian, linguist, lexicographer, and philosopher who made diverse and multidimensional contributions to Nepal, especially to the Kirati community, in terms of understanding its civilization and history. He carried out detailed primary research and wrote fifteen books including The History of the KiratsThe History of Kirat LiteratureKirati ReligionThe History and Culture of Kirat PeopleKirat PhilosophyThe History of BijaypurKirati Folk Stories, and the Limbu-Nepali-English Dictionary.

The book is available on Amazon and free for Kindle readers.

Learn more and order

Friday, July 30, 2021

Saturday, January 16, 2021

Kantipur Aja

 

काठमाडौँमोहिन्दु चेम्जोङ कार्की रेडक्रसमा काम गर्दा होस् वा राष्ट्रसंघीय नियोगमा काम गर्दा होस्, नेपालका विभिन्न ठाउँहरुमा पुगिराख्थिन्  उनले नेपालको सुदूरपश्चिम डडलेधुरादेखि सुदूरपूर्वसम्मको यात्रा गरेकी छिन् 




जागिरकै सिलसिलामा विभिन्न ठाउँहरु घुम्ने क्रममा उनले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक पाटोलाई नजिकबाट नियाल्नै मौका पाइन्  तितामिठा अनुभव सँगालिन् 

 

हाल श्रीमान्‌सँग अमेरिकामा बस्दै आएकी उनले नेपालछँदाका घुम्दाका साथै आफ्ना बाल्यकालका अनुभवलाई समेटेर संस्मरण प्रकाशित गरेकी छिन्  बाल्यकालदेखि अहिलेसम्म आफूमा भएका रुपान्तरणलाई पुस्तकको मुख्य विषय बनाएकी छिन् उनले  त्यसैले उनले पुस्तकको नाम दिएकी छिन् मेटामोर्फिक ओडिसीअर्थातएक रुपान्तरित यात्रा’ 


कार्कीले आफ्नो जीवनका विभिन्न कालखण्डअनुसार पुस्तकलाई २१ च्याप्टरमा विभाजन गरेकी छिन्  पहिलो च्याप्टरमा उनले आफूलाई चिनाउँदै आफूले बाँचेका जीवन, आफ्ना थातथलोका बारेमा उल्लेख गर्दै आफ्नो जीवन कसरी अन्त्य हुन्छ भन्नेसम्मका कल्पना गरेकी छिन्  त्यस्तै दोस्रो च्याप्टरमा उनले आफ्नो बाल्यकालका बारेमा विभिन्न कुरा समेटेकी छिन्  जसमा आफ्नो बाल्यकाल निकै सुखद रहेको उनी बताउँछिन् 

 

संगीत, पुस्तक, पेन्टिङका बीचमा आफू हुर्किएकाले पनि आफ्नो बाल्यकाल निकै रमाइलो भएको कार्कीले पुस्तकमा उल्लेख गरेकी छिन्  मोहिन्दु किरात इतिहासकार तथा साहित्यकार इमानसिंह चेम्जोङकी छोरी हुन्  उनले पुस्तकको चौथो च्याप्टरमा आफ्ना बुवाआमासँगको सम्बन्ध तथा उनीहरुबाट आफूले सिकेका कुराको चर्चा गरेकी छिन् 

 

त्यस्तै उनले च्याप्टर २० मा उनले दूरदराजमा रहेको गाउँले जीवन काठमाडौंमा रहेको सिंहदरबार तथा कर्मचारीतन्त्रका बारेमा तुलना गरेकी छिन्  अझै पनि सिंहदरबारको उपस्थिति गाउँमा नपुगेको त्यहाँको आर्थिक, सामाजिक अवस्था अझै माथि उठ्न नसकेका बारेमा उनले चर्चा गरेकी छिन् 

 

त्यसो कार्कीले पुस्तकको भूमिकामै सुदूरगाउँमा एम्बुलेन्स नभएका कारण बिरामीका कष्टकर भोगाइसँग आफ्नो साक्षात्कारको प्रसंग प्रस्तुत गरेकी छिन्  डडेलधुराको फिल्ड मिसनबाट फर्किने बेलामा कार्कीले रुखबाट लडेर घाइते भएका एक जनालाई अस्पतालसम्म पुऱ्याएकी थिइन्  पुस्तकको च्याप्टर १९ मा उनले आफूले भेटेका सयौं व्यक्तिको यस्तै दु:खसुखलाई समेटेकी छिन् 

 

पुस्तक अमेरिकास्थित आउटस्कर्ट प्रेसले प्रकाशन गरेको हो 

प्रकाशित : माघ ३, २०७७ १६:१०