Saturday, January 8, 2011

Granddad...

दृष्टिकोण»

चौतारी: किरात विभूति इमानसिंह

    चन्द्रकुमार सेर्मा लिम्बू
    पुस १९ -
    भाषा, विशेषज्ञ, इतिहासकार इमानसिंह चेम्जोङको जन्म वि.सं. १९६१ पौष १७ गते कालीम्पोङको रिन्केबुङ वस्तीमा भएको हो । उनका बंशज पल्लो किरात लिम्बूवान पान्थर आङसराङबाट भारत कालिम्पोङ गएका थिए । आमा दावपुहाङमा ईश्वरीय भक्ति, आध्यात्मिक चिन्तनकी ज्ञानी, धार्मिक प्रकृतिकी हुनाले  उनि आध्यात्मिक प्रेरणाकी श्रोत बनिन । पढलेख गर्न आर्थिक श्रोत साधन र व्यवहारीक अवस्थाको राम्रो प्रबन्ध भएकोले वाल्य जीवन स्थिती अनुकूल बन्यो । उनलाई बाबु-बाजेहरूबाट किरातलिपी र भाषाको ज्ञान पनि मिल्यो । उनले किरात याक्थुङबा लिम्बूहरूको सुनौलो इतिहास सुरूवात गरे । सन् १९२५ जुलाइ २६ का दिन सर्दार मैतसिं थेगीमको घरमा एउटा सभा बोलाई उपस्थितहरूलाई किरात अक्षर र भाषा पढाउने उद्देश्यले प्रेरित गरे । इमानसिंले प्राचीन किरात अक्षरको पुस्तक देखाउदा सबै जना आफ्नो भाषाको पुस्तक र लिपी हेर्न पाएर हर्षले गदगद भए ।

    सबैले यो भाषा हाम्रो हो, हामीले हाम्रोपन बुझ्यौं, किरातीहरूले किराती भाषा र अक्षर पढ्नु पर्छ । यो हाम्रो लागि गौरवको कुरा हो भनि एकता प्रदर्शन गरे । यसरी सर्वसम्मतिबाट "याक्थुङहाङचुम्लुङ" भन्ने नाम राखी इमानसिंले नै किरात आन्दोलन कालीम्पोङबाट शंखनाद गरे ।

    उनले याक्थुङहाङ चुम्लुङको गतिविधिलाई सिक्किम, भुटान, आसाम, कोइटा, देहरादुन, पञ्जाब, धर्मसाला, कलकत्ता र वर्मा तथा सिंगापुरसम्म फैलाए । उनले सिक्किमका पश्चिम किरात गाउाघरमा भ्रमणगरी प्रचारप्रसार गरेको कुराको राम्रो सन्देश नेपालको पल्लो किरात लिम्बूवानमा पर्यो ।  ठूला बडा धेरै लिम्बूहरूको अनुरोधमा सिक्किम छोडी उनि सन १९५२ मा लिम्बूवान प्रदेश आए ।  प्रचारप्रसार गर्दै "पल्लो किरात लिम्बूवान" को सभापति हुन पुगे । यसको प्रतिनिधित्व गदैै उनी सन् १९५३ मा श्री ५ त्रिभुवनसाग दर्शन भेट गर्न काठमाडौं पुगे । यस क्रममा उनले वि.सं. २०१३ र २०१४ सालमा लिम्बूवानको माग राखी तत्कालीन राजा र श्री ५ को सरकारलाई घचघच्याउने काम गरेका थिए । २०१५ सालको आम निर्वाचनमा संसद् सदस्यमा स्वतन्त्र उम्मेदवार बनेर पराजित भएका उनि सन् १९६१ देखि त्रि.वि.वि.मा किरात भाषा र संस्कृतिको विशेषज्ञ प्रोफेसरको रूपमा करार सेवा नियूक्त भए । पछि सिनासमा रहेर उनले १५ वर्ष सेवा गरे । श्रावण महिनामा करार सेवा सालिन्दा नविकरण हुनेगरिे दुरअवस्थामा काम गर्नु उनका लागि निश्चितरूपमा दुःखदायि थियो ।

    उनले किरातको वेद किरातको मुन्धुम नेपाली किराती भाषामा सन् १९३१, किरात इतिहास सन् १९४८, किरात साहित्यको इतिहास सन् १९५५, किरात दन्त्यकथा सन् १९६१, लिम्बू, नेपाली, अंग्रेजी शब्दकोश सन् १९६१, किरात मुन्धुम खाहुन सन् १९६५, याक्थङ चुक्मुक साम्जिक मुन्धुम -किरात दर्शन) सन् १९६९, लाप्चे, नेपाली, अंग्रेजी शब्दकोश सन् १९७४, किरातकाली विजयपुरको इतिहास सन १९७४, किरात व्याकरण सन १९७४, किरात प्रथम वर्णमाला भाग-१, भाग-२ आदि कृतिहरू पनि प्रकाशित गरेका छन ।

    आधा सताब्दी भन्दा लामो समय किरात भाषा, लिपि, साहित्य, संस्कृति, र इतिहास विषयमा खोज अनुसन्धान गरि उनले सुन्यबाट थालनि गरेको  आन्दोलनले आज एउटा गरिमामय परिचय पाएको छ ।  आज ति दार्शनिक र महामानवको महानताको उच्चाइ र गहिराइ विश्लेषण गर्नुपर्दा आश्चर्य लाग्छ । प्राचिन मुन्धुमलाई "माङसाप्ला" नामाकरण गर्ने ति अद्वितीय प्रतिभाका सर्जकले कसरी कसको सहायतले किरात अक्षर सिक्न र लेख्न तथा यसलाई हिज्जेमा परिणत गर्न सके ।

    किरातको वेद, किरातको मुन्धुम नलेखिदिएको भए सिंगो किरात धर्म दर्शनको पूर्वाधारनै बन्ने थिएन । उनको जिवनी लिम्बू कक्षामा कक्षागत पढाइ हुन्छ । उनको तस्विर चित्राङ्कीत हुलाक टिकट प्रकाशनगरि नेपाल सरकारले राष्ट्रिय प्रतिभाकोरूपमा मान्यता दिएको छ । जनजाति स्तरबाट विभिन्न ठाउामा मूर्ति बनाई बाटो, स्कूलमा राखिएको छ । उनका कृतिहरूलाई अंग्रेजी, नेपाली र लिम्बू भाषामा अनुवादगरि राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचार गर्न नसकि रहेको अवस्था छ । त्रि.वि.वि.मा कार्यरत रहदै हृदय रोगले चाप्दै गएको उनको उपचाररत अवस्थामा  २०३३ सालमा निधन भयो । तर हाम्रा मनमा इमानसिं चेम्जोङ- आज पनि अमर छन ।

    प्रकाशित मिति: २०६७ पुस २५ ०९:२०

    No comments:

    Post a Comment