:: गृहपृष्ठ » साहित्य/विविध »
मोहेन्दुको डायरी
काठमाडौं , फाल्गुन १० - डायरी लेखन आफैंमा कला हो । यो समयको साक्षी र सिर्जनात्मक लेखनका लागि ऊर्जा र स्रोत पनि हो । मोहेन्दु चेम्जोङ स्कुले जीवनदेखि नै साहित्यकी असल पाठक भएकै नाताले आफ्नो डायरीमा थुप्रै विषय टिप्दै आएकी थिइन् । उनले यस्तै गुनिला कुरालाई पुस्तकाकारमा हालै सार्वजनिक गरेकी छन् । 'विज्डम पर्ल्स' अंग्रेजी पुस्तकमा विश्वका विख्यात चिन्तक, लेखक, दार्शनिक, कलाकार र राजनीतिज्ञका दिव्यवाणी र रोचक प्रसंग छन् । पुस्तकमा मोहेन्दुले बनाएका चित्र र प्राकृतिक दृश्यका तस्बिर पनि समेटिएका छन् । विभिन्न किताब, पत्रिका, पर्चा, ब्रोसर, बुकलेटबाट लिइएका मनोहारी उद्गार तथा जीवनोपयोगी प्रसंग छन् ।
No comments:
Post a Comment